
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनकाे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij