
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बिहिबार सुनको मूल्य यथावत रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार पनि छापावाला सुन र तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । यता, चाँदी भने १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij