Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राष्ट्रिय सभा चुनावका लागि आयोगले तोक्यो नयाँ मतभार

राष्ट्रिय सभा चुनावका लागि आयोगले तोक्यो नयाँ मतभार

  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । आयोगका अनुसार २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको छ ।

    images
    images
    images

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलले आयोगको बुधबार बसेको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३  र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र  नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको जानकारी दिए ।

    यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो । आयोगले राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी सरकारलाई सुझाव दिएको छ ।

    notice.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij