
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको जानकारी दिएको छ । आज छापावाला सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij