
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको जानकारी दिएको छ । आज छापावाला सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij