
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन तोलाको एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij