काठमाडौँ । भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ११ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड चम्पावत मिना बजार बस्ने २६ वर्षीय धमेन्द्र दुबे रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।