
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव सहित कम्पनीले मङ्सिर १५ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन प्रस्तावसँगै सो कार्यका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय पनि टुङ्ग्याउनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij