Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

प्रहरीको गोप्य फन्दामा सुनचाँदीका 'तस्कर' !

प्रहरीको गोप्य फन्दामा सुनचाँदीका 'तस्कर' !

  • काठमाडौँ । मोरङको पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको छ ।

    images
    images
    images

    भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका गहना विराटनगर  भित्राएको सूचनाका आधारमा प्रहरी, प्रशासन, भन्सार र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले विहीबार छापा मारेको थियो । मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले भारतीय नागरिक विश्वजित जानाले सञ्चालन गरेको ज्वेलर्सबाट एक सय किलो मात्रै बरामद भएको जानकारी दिए ।

    images

    विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालका अनुसार रसायनसहित तौल लिँदा चाँदीका सामग्री तथा गहना ९९.९४६ किलोग्राम रहेको थियो भने सुनका गहना १५३.८ ग्राम रहेको थियो । साथै काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो ।

    images

    चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वनाथ जानालाई पक्राउ गरी अनुसन्धान सुरु  गरेको जनाइएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij