
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति लगायतका कागजात नक्कली बनाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट ४ घर भई अहिले वनस्थली बस्ने २३ वर्षका अजित फेवाली र रानीवन बस्ने विपिन ढकाल रहेका छन् ।
वैदेशिक रोजगार विभागको कार्यालय नजिकै काठमाण्डौको सोल्टिमोडमा उनीहरूले वैदेशिक रोजगारी सम्बन्धी काम गर्ने ट्राभल्स चलाइरहेको प्रहरीले जनाएको छ । भिजिट भिसामा विदेश जान विमानस्थल पुगेका सुजल हेङ्गजुको कागजात शङ्कास्पद देखिएपछि विमानस्थलबाट फर्काइएको थियो ।
अनुसन्धानको क्रममा सुजलको कागजात नक्कली भएको प्रमाणित भएको हो । नक्कली कागजात अजित र विपिनले बनाएको प्रहरीले उल्लेख गरेको छ । विपिन र अजितको ट्राभल्सबाट मोबाइल, कम्प्युटर लगायतका सामानसमेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij