
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । सरकारले राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । उमेरहदका कारण निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।
मन्त्रिपरिषदको बिहीबार विहान बसेको बैठकले अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा गरेको सिफारिसअनुसार दुई जना सचिवमा बढुवा भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij