
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले १४औँ ओभरमा दुई विकेट गुमाएको हो । सन्दीपले ओभरको पहिलो बलमा आयान खानलाई बोल्ड गरे । जारी खेलको १४ ओभर सकिँदा ओमानले ६ विकेट गुमाएर ९८ रन बनाएको छ । त्यसअघि, नेपालका सोमपाल कामीले दुई विकेट लिए ।
नेपाल आज लगातार तेस्रो जितसहित समूह ‘ए’को विजेता बन्ने लक्ष्यमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij