Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

एमालेको चियापान आज, नेकपा एसलाई पनि निम्तो !

एमालेको चियापान आज, नेकपा एसलाई पनि निम्तो !

  • काठमाडौं । नेकपा एमालेले आज चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुनेछ । यसअघि एमालेले हिजो मंगलबार चियापान आयोजना गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम परेकाले चियापान आजका लागि सारिएको थियो ।

    images
    images
    images

    चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख लगायतलाई आमन्त्रण गरिएको एमाले प्रचार विभागले जानकारी दिएको छ ।

    images

    एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पनि एमालेले चियापानमा निम्तो गरेको छ । यसअघि एमालेले एकीकृत समाजवादीलाई आफ्ना कुनै कार्यक्रममा पनि बोलाउने गरेको थिएन । चियापानमा एमालेले नेकपा एसका अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसाल र नेता झलनाथ खनाललाई पत्र काटेर नै चियापान समारोहमा निम्तो गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij