
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ । डिशहोम फाइबरनेट जोड्ने ग्राहकले अब एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने अफर मंसिर ३ गतेसम्म कायम हुनेछ ।
अफरअन्तर्गत ५० एमबिपिएसदेखि तीन सय एमबिपिएससम्मका प्याकेजहरू नयाँ ग्राहकहरूले जडान गर्न सक्नेछन् । जसमा ग्राहकले ५० एमबिपिएसदेखि २ सय ५० एमबिपिएससम्म फाइभ–जी राउटर पाउनेछन् । त्यस्तै तीन सय एमबिपिएसको प्याकेज लिने ग्राहकले वाइफाइ–६ राउटर पाउनेछन्।
ग्राहकहरूबाट उक्त अफरको अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनीले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको 'फेस्टिभ १२ महिने प्याकेज' अफरलाई छठ पर्वको दिनसम्मका लागि थप गरेको जनाएको छ । डिशहोम फाइबर नेटले थप जानकारीको लागि डिएच फाइबरनेट डिलर वा ०१–५९७०३६५ मा सिधै फोन गर्न सकिने जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij