Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

  • काठमाडौँ । कुमारी बैंकको १ लाख १५ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता संस्थापक सेयर बैंकले बिक्रीमा राखेको हो ।

    images
    images
    images

    यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    यसका लागि काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र टंगालस्थित बैंकको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij