
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा भएको नगरबस दुर्घटनामा ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार ३० जना सवार बस पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको अवस्थामा ग १ ख ८५८५ नम्बरको बस आइतबार मध्याह्न दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बताए ।
घाइते ११ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij