Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

मेलामा विवाद हुँदा एक युवकको हत्या

मेलामा विवाद हुँदा एक युवकको हत्या

  • काठमाडौँ । महोत्तरीमा दसैँ मेलामा विवाद हुँदा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ का १९ वर्षीय आशिक भन्ने बसन्त पासवानको हत्या भएको हो ।

    images
    images
    images

    प्रहरीले हत्यामा संलग्न दुई भारतीय युवालाई पक्राउ गरेको छ । भारतको विहार राज्य मधुवनी जिल्लाका १९ वर्षीय दीपक मल्लिक र १८ वर्षीय अमित मल्लिकलाई प्रहरीेले पक्राउ गरेको छ ।

    images

    मेलामा सिक्रीको विषयमा विवाद भएपछि पासवानलाई सुनसान ठाउँमा लगेर छुरा प्रहार गरी हत्या गरेको पक्राउ परेका दुबै जना स्वीकार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जनाएका छन् । 

    images
    घटनाबारे थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको जनाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij