Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमा

  • काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयर आज कात्तिक ३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । संस्थापक समूहको ५ लाख कित्ता सेयर कम्पनीले बिक्रीमा राखेको हो । यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । 

    images
    images
    images

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ । अर्थात खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।न्यूनतम १ लाख कित्ता सेयरका लागि लगानीकर्ताले खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ । 

    धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा इच्छुक लगानीकर्ताले खरिद आवेदन पेस गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति कात्तिक १२ गतेसम्म तोकिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij