
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । कुमारी बैंकको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी दिपक शर्माको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बैंकले बिक्रीमा राखेको हो ।
यो सेयरमा जो कोही सर्वसाधारण र संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन् । यसअघि उक्त सेयर संस्थापक सेयरधनीका लागि बिक्री खुला गरिएको थियो ।
तर, तोकिएको मितिसम्म संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेकोले संस्थापक बाहिरका सर्वसाधारण बिक्री खुला गरिएको बैंकले जनाएको छ।सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यसका लागि कुमारी बैंकको कर्पोरेट कार्यालय र कुमारी क्यापिटलको कार्यालयमा आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij