
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका अभिनेता अनमोल केसीको बयान लिइएको छ । प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा आइतबार अपराह्न केसीको बयान भइरहेको जानकारी दिए ।
केसीले रावायण फिल्ममा खेल्न १० लाख रुपैयाँ लिएर पछि खेल्न अस्वीकार गरेको आरोप छ । फिल्मका प्रड्युसरले फिल्म खेल्न अस्वीकार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए ।
जाहेरी दिएपछि गत शुक्रबार केसीलाई कार्यालयको टोलीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतमा म्याद थप गर्नुअघि प्रहरीले उनीसँग बयान लिइरहेको हो । उनलाई शुक्रबार पक्राउ गरेको हुँदा प्रहरीले अदालतबाट हिरासतमा राख्न अनुमति लिइसकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij