
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश भएको छ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आइतबार बसेको संसद बैठकमा विधेयक प्रस्तुत गरेका हुन् । संसदमा विद्यालय शिक्षा विधेयक दर्ता भएसँगै शिक्षकहरू आन्दोलित बनेका थिए । सरकारले उनीहरूका माग सम्बोधन गर्ने बताएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए ।
विधेयकमा सच्याउनुपर्ने माग राख्दै शिक्षकहरू आन्दोलित बनेका थिए । सत्तपक्षका सांसदहरूले विधेयकमा त्रुटि रहेको जनाएका थिए । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विधेयकमा तमाम त्रुटि रहेको र संसदबाटै सच्चाउनुपर्ने बताएका थिए । विधेयक सरकारको प्रस्ताव मात्रै भएकाले यसमा रहेका धेरै त्रुटिहरूलाई संसदबाट सच्याउने प्रतिवद्धता उनले जनाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij