
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत चिकित्सकलाई काममा फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
पछिल्लो समय बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थाहरूमा तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले डाक्टरहरुलाई काममा फर्कने वातावरण बनाउन आग्रह गरेको हो ।
चिकित्सक माथिका आक्रमण तथा कुटपिटका घटना बन्द गर्न र अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन पनि आयोगको आग्रह छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij