Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे

फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे

  • चरिकोट । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् । 

    images
    images
    images

    मर्न थालेपछि बाख्राको रगत परीक्षण गराउँदा पिपिआर ९पेष्ट डे पेटी ¥युमिनाँ० फैलिएको रिपोर्ट आएको गाउँपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । बाख्रामा अज्ञात रोग देखा परेको र धमाधम मरेपछि बाख्राको स्वाब सङ्कलन गरी परीक्षणका लागि यही पुस १८ गते काठमाडौँ पठाइएकामा बाख्रामा ‘गोट प्लेग’ लागेको पुष्टि भएको उहाँले बताउनुभयो । 

    देउराली बस्तीमा १४ घरधुरी रहेकामा १२६ बाख्रा रहेकामध्ये ९५ बाख्रामा पिपिआर रोग देखा परिसकेको वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताउनुभयो । बिरामी रहेका अन्य बाख्रा गाउँपालिकासँगको सहकार्यमा पिपिआरविरुद्धको उपचार भइरहेको वडाध्यक्ष कोइरालाले बताउनुभयो । 

    पिपिआर सरुवा रहेकाले गाउँको एक बाख्रामा देखा पर्नासाथ रोग पहिचान गरी नियन्त्रण गर्न नसक्दा गाउँभरीका बाख्रामा देखा परेको हुनसक्ने अनुमान गरिएको छ । बाख्रामा पिपिआर देखा परिसकेपछि रोकथामका लागि औषधोपचार गरे पनि बाँच्ने सम्भावना अत्यन्त कम हुने पशुपक्षी विकास शाखाका प्रमुख श्रेष्ठले बताउनुभयो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij