
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । आज नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक बोलाएका छन् । १४औँ महाधिवेशनमा कोइरालाले आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठक बोलाएका हुन् । बालुवाटारस्थित सम्पर्क कार्यालयमा दिउँसो साढे १ बजे सो बैठक बस्नेछ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि कोइरालाले संस्थापन इतर समूहले छुट्टै बैठक बस्न लागेको हो । आगामी असोज ४ गते कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्ने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij