
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । भारतको नयाँ दिल्लीमा रोजगारीका सिलसिलामा रहेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको शिवनाथ गाउँपालिका-१ कुँडका २८ वर्षीय सुरेन्द्र साउद रहेका छन् ।
उनी गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका थिए । उनको मङ्गलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए ।
उनी कोठामै एक्कासी ढलेका थिए । साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । मृतक साउदका एक छोरी र श्रीमती छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij