
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । गएराति बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ ।
गाँजा तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्दा उक्त समूहले प्रहरीमाथी गोली चलाएको थियो । त्यसको प्रतिकारस्वरुप प्रहरीेले फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा गोली फायर भएको हो ।
सोही क्रममा प्रहरीले मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङलाई पक्राउ गरेको छ ।
त्यस्तै घनटास्थलबाट प्रहरीले १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij