Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

तीजमा तडकभडकका कार्यक्रम नगर्न कास्की प्रशासनको अनुरोध

तीजमा तडकभडकका कार्यक्रम नगर्न कास्की प्रशासनको अनुरोध

  • काठमाडौं । तीजमा तडकभडकका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । प्रशासनले मंगलबार सूचना जारी गर्दै तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम नगर्न अनुरोध गरेको हो । 

    images
    images
    images

    प्रशासनले पूर्वस्वीकृति विना सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना नगर्नसमेत आग्रह गरेको छ ।कसैले सूचनाविपरीत गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही हुने कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij