काठमाडौं । नेपालमा १८ बर्षीया युवती सपना रोका मगर विश्वकै प्रभावशाली महिला बनेकी छिन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी हुन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको हो ।