
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एजेन्सी कार्यालय कालिमाटीले १०औँ अभिकर्ता क्षमता अभिवृद्धि तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ एजेन्सी म्यानेजर मेगबहादुर जीसी र चिरञ्जीवी रानामगर जीसीको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख सपुत खनाल, काठमाण्डौ शाखाका शाखा प्रमुख निरज श्रेष्ठ, फर्पिङ उपशाखाका इन्चार्ज अनीर खत्री र ८० जना अभिकर्ताको उपस्थिति थिए ।
कलंकीको कोजी फुडल्यान्डमा शनिबार सम्पन्न भएको कार्यक्रममा ‘ग्रेट माइन्ड टिम’का अभिकर्तालाई बीमासम्बन्धी जानकारी दिइएको थियो ।कार्यक्रममा उत्कृष्ट बिजनेस भित्र्याउने ४० जना अभिकर्तालाई मायाको चिनो प्रदान गरी सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाल लाइफ ग्रेट माइन्ड टिममा अभिकर्ताहरुको व्यक्तित्व विकाससँगै, बीमा कसरी गर्ने–गराउनेजस्ता सम्पूर्ण विषयमा प्रदेश प्रमुख सपुत खनालले दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij