
May 02 2025 | २०८२, वैशाख १९ गते
स्याङ्जा । स्याङ्जामा बुहारीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालाय, स्याङ्जाले २१ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरालाई पक्राउ गरेको हो।
ससुराले मादक पदार्थ सेवन गरी सुतेको अवस्थामा पटक–पटक बलात्कार गरेको महिलाले बिहीबार दर्ता गरेको जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए।
बृद्धलाई जिल्ला अदालतबाट करणी सम्बन्धी कसूर मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij