
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको एआईआइएमएस अस्पतालको इमरजेन्सी वार्ड नजिकै इन्डोस्कोपी गर्ने कोठामा भिषण आगो लागेको बताइन्छ । आगो आज १२ बजे लागेको हो । आगो लागेपछि त्यहाँ भएका सबै विरामीलाई इमरजेन्सी वार्डबाट सकुशल अर्को ठाउँमा सारिएको छ ।
आगो लागेको भन्ने कुरा थाहा पाउनासाथ दमकल विभागले आठ वटा दमकल तुरुन्तै घटनास्थलमा पठाएको छ । आगोलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको जनाइएको छ ।
एआईआइएमएस अस्पतालमा भारतको ठूलो संख्या उपचार गराउन आउँछन् । त्यति मात्र नभएर अन्य देशबाट पनि मानिसहरु पनि उपचारका लागि त्यहाँ पुग्ने गर्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij