Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

डुङ्गा डुब्दा आठ जनाको मृत्यु

डुङ्गा डुब्दा आठ जनाको मृत्यु

  • काठमाडौं । बङ्गलादेशमा वनभोज खान खाएर घरफर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् ।

    images
    images
    images

    “अहिलेसम्म स्थानीयवासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ,” फारुकले भनेका छन् ।

    images

    खोजमाा संलग्न अधिकारीका अनुसार करिब ४६ यात्रु बोकेको डुङ्गा राति आठ बजे नदीमा बालुवाले भरिएको डुङ्गासँग ठोक्किएर पल्टिएको थियो । नदी किनारमा डुङ्गा डुबेकाले अधिकांश यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिएभने चार जनालाई जीवितै उद्धार गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij