Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

एक कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन

एक कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन

  • काठमाडौँ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल इन्स्योरेन्स कम्पनीको करिब साढे १९ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज साउन १५ गते अन्तिम दिन रहेको छ । 

    images
    images
    images

    गत साउन ८ गतेबाट कम्पनीले संस्थापक समूहको १९ लाख ४८ हजार ५३८ कित्ता नेपाल इन्स्योरेन्स कम्पनी राखेको छ ।  यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ  ।

    यो सेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्  ।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ  ।

    इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्  ।  बोलपत्र काठमाडौँको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्नुपर्नेछ  । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij