Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११ वटा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११ वटा शाखा विस्तार

  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । सिरहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङ्गको बिराटचोकमा शाखा विस्तार भएको छ । 

    images
    images
    images

    यस्तै मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङ्गको पनि कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ । यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij