
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । एमालेको सप्तरी जिल्ला कमिटीका नेताहरू चढेको गाडी दुर्घटनामा परेको छ । एमालेका केन्द्रीय सचिव योगेश भट्टराईका अनुसार जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज जानेक्रममा छप्कीमा गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी घाइते भएका छन् । उनीहरूको राजविराज अस्पतालमा उपचार भइरहेको सचिव भट्टराईले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij