
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सेयर बजारमा सोमबार झिनो विन्दुको गिरावट आएको छ । सूचक सामान्य प्रभावित हुँदा कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन सूचक ०.८० विन्दुले घटेर सूचक २०७६.९६ विन्दुमा अडिएको छ । ३ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा असार मसान्तको प्रभाव भने विस्तारै कम हुँदै गएको छ । मसान्तमा तिर्नुपर्ने साँवा–ब्याजको लगानीकर्ताले जोहो गरिसकेको बजारले संकेत गरिरहेको छ ।
यस दिन २९३ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड रुपैयाँभन्दा बढी सहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र प्राइम बैंकको संस्थापक सेयर परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij