Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राष्ट्र बैंकले तोक्यो लघुवित्तले लिने शुल्कमा सीमा

राष्ट्र बैंकले तोक्यो लघुवित्तले लिने शुल्कमा सीमा

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा तोकेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्न लिन नपाउने व्यवस्था गरेको छ ।

    images
    images
    images

    यसैगरी कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाले १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १.५ प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिका आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

    लघुवित्त संस्थाले यसबाहेक अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij