Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । अष्ट्रियाको राजधानी भियनाबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका विनर जाइटुङको छापा संस्करण बन्द भएको छ । छापा संस्करण बन्द भए पनि अनलाइन संस्करण भने चलिरहने छ ।
यो पत्रिका पहिलो पल्ट सन् १७०३ को अगस्ट ८ मा भियनाको डायरी नाममा प्रकाशित भएको थियो । त्यसयता निरन्तर प्रकाशित भइरहेको पत्रिकाले आफूलाई विश्वकै निरन्तर प्रकाशित हुने विश्वकै पुुरानो पत्रिका दाबी गर्दै आएको छ । तर आफूलाई यस्तो पुरानो दाबी गर्ने पत्रिका युरोपमा अरु पनि छन् ।
आफ्नो गौरवपूर्ण ३२० वर्षलाई सम्झँदै पत्रिकाको पहिलो पेजमा ठूलो अक्षरमा लेखिएको छ, ११६८४० दिन, ३८३९ महिना, ३२० वर्ष, १२ राष्ट्रपति, १० सम्राट्, दुई गणतन्त्र, एक पत्रिका ।’ सरकारले हालै ल्याएको कानुननले छापा संस्करणको आम्दानी घटेकाले घाटामा पत्रिका निकाल्न नसकेको उसले जनाएको छ ।
गत अप्रिलमा अस्ट्रियाको सरकारले कम्पनीहरूले छापा संस्करणमा सार्वजनिक सूचना छाप्न पैसा तिर्न आवश्यक नरहेको व्यवस्था गरेको थियो ।यो व्यवस्थापछि पत्रिकाको आम्दानी घटेको थियो । त्यसपछि पत्रिकाले ६३ जनालाई कामबाट निकाल्यो भने सम्पादकीय टोली पनि ५५ बाट २० जनामा झर्यो । अप्रिलमा यो पत्रिका दैनिक २० हजारप्रति छापिन्थ्यो । तर हप्ताको अन्तिम दिनमा भने यसको दोब्बर छापिने गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij