Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

फेसबुक छोडेर कम्बोडियाका प्रधानमन्त्री टिकटक र टेलिग्राममा

फेसबुक छोडेर कम्बोडियाका प्रधानमन्त्री टिकटक र टेलिग्राममा

  • काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले फेसबुक छोडेर टिकटक र टेलिग्राममा जोडिएका छन् । हुन सेनले केहि समय अगाडि गरेको एक पोस्टको आधारमा फेसबुकको ओभरसाइट बोर्डले ६ महिना प्रतिबन्ध लाउने प्रस्ताव गरेसँगै हुन सेनले आफैँ फेसबुक छोडेका हुन् ।

    images
    images
    images

    हुन सेनको फेसबुकमा १ करोड ४० लाख फलोअर रहेको बिबिसीले उल्लेख गरेको छ । केहि समय अगाडि भिडियो सन्देशमा हुन सेनले प्रतिपक्षिलाई हमला गर्ने सन्देश पोस्ट गरेका थिए । त्यसलाई ६ लाख बढिले हेरेका थिए । त्यहि भिडियोलाई लिएर फेसबुकको ओभरसाइट बोर्डले बिहिबार ६ महिना प्रतिबन्धको प्रस्ताव ल्याएको थियो ।

    प्रस्ताव आएको केहि समयमै हुन सेनले आफ्ना सहयोगीलाई आफ्नो फेसबुक पेज डिलिट गर्न भनेका थिए । फेसबुक छोडेर टिकटक र टेलिग्राममा हुन सेन पुग्नुलाई कम्बोडियाको चीन र रुससँग नजिक हुने नीतिसँगै जोडिने बताउँछन् हुन सेन्स कम्बोडिया नामक पुस्तकका लेखक सेबास्तियन स्टे«ङ्गियो । ६९ वर्षका हुन सेन कम्बोडियाको सत्तामा प्रधानमन्त्रीको रुपमा बिगत ३८ वर्ष देखि लगातार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij