Logo

Jun 01 2025 | २०८२, जेठ १८ गते

Jun 01 2025 | २०८२, जेठ १८ गते

टिकटक बनाए निजामति कर्मचारी कारबाहीमा

टिकटक बनाए निजामति कर्मचारी कारबाहीमा

  • काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । एक सूचना प्रकाशित गरी मन्त्रालयले कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ ।

    images
    images
    images

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको छ ।

    images

    पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij