Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

भारतका चर्चित अभिनेता मंगल ढिल्लोंको निधन

भारतका चर्चित अभिनेता मंगल ढिल्लोंको निधन

  • फिल्म र टिभी शृङ्खलाका चर्चित अभिनेता मंगल ढिल्लोंको निधन भएको छ । मंगल ढिल्लोंलाई हालै लुधियानाको एक क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । ‘खून भरी मांग’, ‘दलाल’ र ‘तूफान मेल’ जस्ता फिल्ममा काम गर्ने उनको अस्पतालमा नै निधन भएको हो ।

    images
    images
    images

    अभिनेता यशपाल शर्माले पनि एक फेसबुक पोस्टमार्फत उनको निधनको खबर पुष्टि गरेका छन् भने  शिरोमणि अकाली दलका अध्यक्ष सुखवीर सिंहले पनि मंगलको निधनमा दुःख व्यक्त गरेका छन् ।

    मंगल ढिल्लों, पञ्जाबमा फरिदकोटमा बस्थे । मंगल ढिल्लोंको ‘करंट’, ‘जिंदगी एक जुआ’ र ‘हीर–रांझा’ जस्ता फिल्मका लागि परिचित छन् । उनले रितु ढिल्लोंसँग सन् १९९४ मा विवाह गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij