
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्करपियो आफै अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो । तिलोत्तमाको सीमा क्षेत्र योगिकुटीमा आइतबार बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका १७ वर्षीय सुसान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ तथा ३५ वर्षका विशाल श्रेष्ठ छन् । घाइतेहरुको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij