Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

कार्कीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै सुनुवाइ समितिमा उजुरी

कार्कीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै सुनुवाइ समितिमा उजुरी

  • काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

    onlinepatrika
    Arghakhachi

    जेठ २६ गतेभित्र कायममुकायम प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुन अयोग्य छ भन्ने लागेको खण्डमा उजुरी दिन समितिले आह्वान गरेको थियो । सोही बमाेजिम सोमबार कार्कीविरुद्ध रतन भण्डारीले उजुरी हालेका हुन् ।‍

    AGNI GROUP

    उजुरीमा भण्डारीले असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने कार्कीले सेवानिवृत्त भएपछि पूर्वप्रधानन्यायाधीशलाई राज्यबाट पाउने करोडौँको गाडी, पेन्सन, सुरक्षाकर्मीजस्ता सुविधाको लोभले त्यो पदमा जान खोजेको आरोप लगाएका छन् ।

    न्यायालयको गरिमा बढाउन कार्कीलाई प्रधानन्यायाधीश हुन नदिन पनि उनले उजुरीमा उल्लेख गरेका छन् । संवैधानिक परिषद्ले गत वैशाख २५ गते कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij