Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

अन्नपूर्ण केबुलकारमा कालुको नेतृत्व

अन्नपूर्ण केबुलकारमा कालुको नेतृत्व

  • काठमाडौँ । अन्नपूर्ण केबलकार प्रालिको विशेष साधारणसभाले प्रालिलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

    images
    images
    images

    अन्नपूर्ण केबलकार प्रालिका कम्पनी सचिव ऋषिकेश अर्यालका अनुसार पोखरामा शुक्रबार सम्पन्न विशेष साधारणसभाले प्रालिको अधिकृत, पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा छलफल हुँदा अधिकृत पुँजी १ अर्ब ६० करोड पुर्याउने निर्णय गरेको हो । त्यस्तै जारी पुँजी १ अर्ब ५५ करोड र चुक्ता पुँजी १ अर्ब २४ करोड पुर्याउने निर्णय गरिएको पनि उनले बताए ।

    त्यस्तैगरी सो साधारणसभाले प्रालिको संचालक समिति ५ जनाको बनाउने निर्णय पनि पारित गरेको छ । सो संचालक समितिमा कालु गुरुङ, तीर्र्थराज त्रिपाठी, चन्द्रबहादुर कार्की, आजाद श्रेष्ठ र विशेषज्ञ संचालकमा सनत न्यौपानेसहित ५ जना रहने निर्णय सभाले गरको छ ।

    संचालक समितिको अध्यक्षमा कालु गुरुङ सर्वसम्मत चयन भएको त्रिपाठीले जनाएका छन् । केबलकारलाई चुस्तदुरुस्त रुपमा अगाडि बढाउन टिमवर्कका साथ अघि बढ्नुपर्ने संचालक समितिका अध्यक्ष कालु गुरुङले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij