
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाराको उपनिर्वाचनमा उम्मेदवारी दिएका रमेश खरेलको जमानत जफत भएको छ ।
निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएका छन् ।
अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन् । जसअनुसार खरेलले ४.१४ प्रतिशत मात्रै मत पाएका छन् । ३४ उम्मेदवारमध्ये बारा–२ मा तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij