Jun 04 2026 | २०८३, जेठ २१ गते
संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
ओक्लाहोमा प्रहरी विभागले शनिबार राति ह्वीस्की ब्यारेलमा गोली चलाएको आरोपमा एक जनालाई पक्राउ गरेको बताएको छ । घटनाको छानबिन भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij