Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ४० हजारभन्दा बढी

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ४० हजारभन्दा बढी

  • नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सोमबारसम्म एक करोड तीन  लाख ४० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५०४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड  तीन लाख ४० हजार ४६९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार बिहान जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २१४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४९ हजार ६४९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ४६ हजार ८६७ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ४३ हजार ९५३ सक्रिय सङ्क्रमित रहेका छन् । 
     
    भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ४२४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ५८५ जनाको मृत्यु भइसकेको छ । 

    AGNI GROUP

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ५६ लाख ३५ हजार ७६१ को हाराहारीमा नमूना परीक्षण गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट