Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कति छ त नेपालको कुल जनसंख्या ?

कति छ त नेपालको कुल जनसंख्या ?

  • काठमाडौँ । नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रवार सार्वजनिक भएको छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन् ।

    images
    images
    images

    पुरुष भन्दा महिलाको जनसंख्या नेपालमा करिव ६ लाख ५० हजार बढी रहेको छ । वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, कर्णाली प्रदेशमा भने सबैभन्दा कम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । 

    त्यस्तैगरी भक्तपुरमा सबैभन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij