Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

  • काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। संस्थापक सेयरधनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाममा रहेको एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो।

    onlinepatrika
    Arghakhachi

    उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्य खोली खरिद आवेदन दिन सक्नेछन्।

    AGNI GROUP

    इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको थापाथलीस्थित बैंकको रजिस्र्ड कार्यालयमा पेस गर्नुपर्नेछ। तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित व्यवस्थाअनुसार अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij