Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने

विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने

  • काठमाडौं । विकास बैंकहरुले मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो ।

    images
    images
    images

    बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम शून्य दशमलव २५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ । चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम हुने भएको छ । एक वर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने ११ दशमलव ५० प्रतिशतमा झारिएको छ ।

    images

    यसैगरी, संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९ दशमलव ५० र रेमिट्यान्स खाताको ब्याजदर १२ दशमलव ५० प्रतिशत कायम गरिएको छ ।

    सबैखाले निक्षेपको ब्याजदर घट्दा विकास बैंकहरुको आधार दर घट्ने र त्यसले कर्जाको ब्याजदर घटाउन पनि मद्दत पुग्ने एशोसियसनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij